Latest News
Kathmandu

नेपालद्वारा श्रीलंका नेभीसामु १ सय ९७ रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा श्रीलंका नेभीसामु १ सय ९७ रनको लक्ष्य प्रस्तुत

श्रीलंका नेभीविरुद्धको दोस्रो अभ्यास खेलमा नेपालले १ सय ९७ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४३.४ बलमा अल आउट हुँदै १ सय ९६ रन मात्र बनायो ।

नेपालका दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ६३ रनको योगदान गरे । यस्तै, भिम शार्कीले २८, तथा बिबेक यादबले २६ रन जोडे । पवन सर्राफले २२ बनाउँदा कप्तान सन्दीप लामिछानेले १४ रनमा अविजित रहे ।

सोमबार भएको पहिलो अभ्यास खेलमा नेपालले श्रीलंका नेभीलाई १ सय ११ रनले पराजित गरेको थियो ।

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग दुई अन्तर्गत सिरिजको तयारीमा रहेको नेपाल हाल श्रीलंका भ्रमणमा रहेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
श्रीलंका नेभीमाथि नेपालको दोस्रो जित
पछिल्लो समाचार →
विवेकको ट्वीटपछि कपिल शर्मा ट्रोल भए, शो बहिस्कार गर्ने चेतावनी

Leave a Comment

Your email address will not be published. Required fields are marked *