Latest News
Kathmandu

प्रमोसनल गीत खिच्दै ‘म यस्तो गीत गाउँछु २’ टिम, रिलिज भने अन्योलमा

प्रमोसनल गीत खिच्दै ‘म यस्तो गीत गाउँछु २’ टिम, रिलिज भने अन्योलमा

३० पुस, काठमाडौं । ‘म यस्तो गीत गाउँछु २’को टिम चलचित्रको प्रमोसनल गीत छायांकनका लागि चितवनको माडी पुगेको छ । निर्देशक सुदर्शन थापा, अभिनेता पल शाह, अभिनेत्री पूजा शर्मा लगायतको टिम माडी पुगेको हो ।

त्यहाँ छायांकन भइरहेको गीतको भिडियोमा पूजा थारु संस्कृति झल्कने पहिरनमा छिन् । चलचित्रकै लागि ‘भन्छु आज मनका कुरा’ बोलको गीतको केही दृश्य केही हप्ताअघि खिचिएको थियो ।

‘म यस्तो गीत गाउँछु २’को निर्माणपक्षले चलचित्रको प्रदर्शन मिति माघ १९ गतेलाई तोकिसकेको छ । तर, चलचित्रको प्रचार भने शुरु गरिएको छैन । कोरोनाको नयाँ लहरका कारण स्थिति फेरि बदलिएपछि यसको निर्माणपक्ष अन्योलमा देखिएको हो । अवस्था अझै बिग्रिएको खण्डमा चलचित्रको प्रदर्शन मिति पोष्टपोन्ड गर्ने सोच निर्माताको छ ।

कोरोना महामारीका कारण सबैभन्दा बढी चपेटामा परेको ‘म यस्तो गीत गाउँछु २’को टिम अझै पर्ख र हेरको अवस्थामा नै देखिएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
कोरोना महामारीकै बीच आन्तरिक उडानमा ३५ लाख बढी यात्रुले गरे यात्रा
पछिल्लो समाचार →
साउथ फिल्म ‘थिरिमाली’को ट्रेलरमा स्वस्तिमाको आइटम डान्स

Leave a Comment

Your email address will not be published. Required fields are marked *