Latest News
Kathmandu

दाङका गुण्डा नाइके विकास पुन काठमाडौंमा पक्राउ : गोली प्रहार लगायत आधा दर्जन मुद्दामा फरार !

दाङका गुण्डा नाइके विकास पुन काठमाडौंमा पक्राउ : गोली प्रहार लगायत आधा दर्जन मुद्दामा फरार !

३ माघ, काठमाडौं । दाङमा रहेर गुण्डागर्दीमा सक्रिय रहेका विकास पुन काठमाडौंमा समातिएका छन् । प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले उनलाई पक्राउ गरेको हो । उनी विरुद्ध दाङमा ठगी कसुरमा मुद्दा दर्ता भएको र उनी फरार रहेको ब्युरोको दाबी छ । उनलाई सुन्धारास्थित होटल भ्यु ग्लोबलबाट पक्राउ गरिएको हो । उनले प्रयोग गर्दै आएको प्रदेश ३ ०१ ०२२ च ०११८ नम्बरको रातो क्रेटा गाडी समेत प्रहरीले बरामद गरेको छ ।

उनलाई पक्राउ गरेर सिआइबीले दाङ पठाएको ब्युरोका प्रवक्ता श्याम कुमार महतोले जानकारी दिए । उनीसहितको समुहले २०६४ फागुन १३ गते पुरानो राप्ती नजिकै किशोर केसी र प्रविण केसीलाई गोली प्रहार गरेका थिए । उक्त कसुरमा उनी अदालतबाट धरौटीमा छुटेका थिए । त्यस्तै २०६५ मंसिर ५ गते दाङ स्थित भ्याली होटलमा विकाश पुन समेतका व्यक्तिहरुले हातहतियार देखाई डाँका चोरी गरेको कसुरमा समेत उनी फरार थिए ।

२०६९ माघ गते याम बहादुर थापालाई कुटपिट गरी घाईते भएको घटनामा समेत उनी समलग्न रहेको र सो मुद्दामा समेत फरार रहको ब्युरोको दाबी छ ।

त्यस्तै २०७० चैत्र १२ गते दाङकै रोल्पा झरिवाड बस्ने पदम चन्दलाई गोली प्रहार गरेको घटनामा पनि उनी समलग्थ निए । हातहतियार तथा खरखजना मुद्दामा उनी फरार थिए ।
२०७३ मंसिर ६ गते घोराही ११ स्थित लोकबहादुर केसीलाई धारिलो हतियार प्रहार गरेको घटनामा समेत उनी फरार थिए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
‘खुकुरी रम’को मुल्यमा ‘कालोबजारी’ : एकै बोतलमा ३ सय रुपयाँ मुल्य बृद्धि !
पछिल्लो समाचार →
बालुवाटार जग्गा प्रकरण : भूमाफिया विरुद्ध पक्राउ पुर्जी यथावत, जुनसुकै बेला पक्राउ पर्न सक्ने !

Leave a Comment

Your email address will not be published. Required fields are marked *