युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

३ माघ, काठमाडौं । दाङमा रहेर गुण्डागर्दीमा सक्रिय रहेका विकास पुन काठमाडौंमा समातिएका छन् । प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले उनलाई पक्राउ गरेको हो । उनी विरुद्ध दाङमा ठगी कसुरमा मुद्दा दर्ता भएको र उनी फरार रहेको ब्युरोको दाबी छ । उनलाई सुन्धारास्थित होटल भ्यु ग्लोबलबाट पक्राउ गरिएको हो । उनले प्रयोग गर्दै आएको प्रदेश ३ ०१ ०२२ च ०११८ नम्बरको रातो क्रेटा गाडी समेत प्रहरीले बरामद गरेको छ ।

उनलाई पक्राउ गरेर सिआइबीले दाङ पठाएको ब्युरोका प्रवक्ता श्याम कुमार महतोले जानकारी दिए । उनीसहितको समुहले २०६४ फागुन १३ गते पुरानो राप्ती नजिकै किशोर केसी र प्रविण केसीलाई गोली प्रहार गरेका थिए । उक्त कसुरमा उनी अदालतबाट धरौटीमा छुटेका थिए । त्यस्तै २०६५ मंसिर ५ गते दाङ स्थित भ्याली होटलमा विकाश पुन समेतका व्यक्तिहरुले हातहतियार देखाई डाँका चोरी गरेको कसुरमा समेत उनी फरार थिए ।

२०६९ माघ गते याम बहादुर थापालाई कुटपिट गरी घाईते भएको घटनामा समेत उनी समलग्न रहेको र सो मुद्दामा समेत फरार रहको ब्युरोको दाबी छ ।

त्यस्तै २०७० चैत्र १२ गते दाङकै रोल्पा झरिवाड बस्ने पदम चन्दलाई गोली प्रहार गरेको घटनामा पनि उनी समलग्थ निए । हातहतियार तथा खरखजना मुद्दामा उनी फरार थिए ।
२०७३ मंसिर ६ गते घोराही ११ स्थित लोकबहादुर केसीलाई धारिलो हतियार प्रहार गरेको घटनामा समेत उनी फरार थिए ।

प्रतिक्रिया

सम्बन्धित ख